0
निजगढसमाचार, निजगढ
बाराका स्टेशनरी ब्यवसायिहरुलाई शनिबार निजगढमा व्यवसाय प्रवद्धन तथा नेतृत्व विकास प्रशिक्षण दिईएको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायिक महासंघ बाराद्धारा आयोजित एकदिने व्यवसाय प्रवद्धन तथा नेतृत्व विकास प्रशिक्षणमा जिल्लाका ५० भन्दा बढी ब्यवसायि सहभागि थिए ।
ब्यसायिहरुलाई महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रभात सुवेदीले ब्यवसायिक प्रवद्र्धन, संरक्षण र नेतृत्व विकासका बारेमा प्रशिक्षण दिएका थिए । त्यस्तै केन्द्रिय  महासचिव नवनिधि पन्तले संगठानिक शसक्तिकरणबारेमा प्रशिक्षण दिएका थिए । यस अघि एक दिने प्रशिक्षण कार्यक्रम वरिष्ठ उपाध्यक्ष सुवेदीले पानसमा बत्ती बालेर गरेका थिए । उद्घाटन कार्यक्रममा केन्द्रिय सदस्य कमला सुवेदी, महासंघका नारायणी अञ्चल संयोजक मुकेश सिंह, निजगढ समाचारका कार्यकारी सम्पादक महेश अधिकारी लगायतको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तब्य  जिल्ला सचिव सागर तामा·ले गरेको थिए भने संचालन गौरी ढकालले गरेकी थिईन्  । कार्यक्रमको अध्यक्षता महासंघ बारा अध्यक्ष महमद् सोयव मंसुरले गरेका थिए ।  

Post a Comment

 
Top