0

निजगढसमाचार, निजगढ
अर्काको श्रीमतिको प्रेम जालमा फसेका एक युवक मृत्युको मुखमा पुगेका छन् । परस्त्रीसंग दुई बर्षदेखि प्रेम सम्बन्धमा रहेको बिवाहित युवकको बाराको मनहर्वामा विभत्स हत्या भएको छ ।
रौतहट सन्तपुर दोस्तीया ७ का २६ बर्षीय पुनदेव यादवको हत्यापछि मनहर्वा ५ स्थित टेङग्रहर खेलाको बगर छेउमा गाडिएको अवस्थामा प्रहरीले शक्रबार शव फेला परेको छ ।
बाराको भोडाहा ८ धाेंधास्थित माइती घरमा बस्दै आएकी प्रेमिका (बिवाहित) लाई भेट्न गत फागुन ४ गते घरबाट हिँडेका पुनदेवको हत्या भएको अवस्थामा शव फेला परेको हो ।
पुनदेवलाई युवतीको परिवारले बेपत्ता बनाएर हत्या गरेको पीडित परिवारको आरोप छ । घटना आरोपमा कोही पक्राउ परेका छैनन् ।
प्रहरी उपरिक्षक नरेन्द्रप्रसाद उप्रेतीले प्रारम्भिक अनुसन्धानबाट युवतिसंगको प्रेम चक्कर कै सिलसिलामा यादवको हत्या भएको देखिएको बताएका छन । घटनाको बारेमा थप अनुसन्धान भइरहेको र केही दिनभित्र यथार्थ कुरा बाहिर आउने उपरीक्षक उप्रतीले जानकारी दिए ।
पुनदेव बेपत्ता बनेको दिनदेखि नै युवती सहित परिवारका सदस्य घरमा ताल्चा लगाएर बाहिरिएका छन् । खेतमा पानी लगाउन गएका स्थानीयले शव कुहिएर गन्हाएको जानकारी प्रहरीमा दिएपछि खोजी शुरु भएको थियो । प्रहरीका अनुसार बरामद शवको टाउको र दाहिने हात छैन् ।
बोरामा कोंचेर नुन हालेर गाडिएको कुहिएको शव प्रहरीले पोष्टमार्टमको लागि कलैया अस्पताल ल्याएको छ । खोला छेउको स्यालको दुलोमा शव गाडिएको थियो । शव फेला परेको ठाउँमा लछारपछार भएको देखिन्छ ।
बेपत्ता छोराको खोजी गरिदिन पुनदेवका बाबुसहित पीडित परिवारले फागुन १३ मा कलैयामा पत्रकार सम्मेलन गर्दै बेपत्ता युवकसहित घटनाबारे जानकारी गराएका थिए । पत्रकार सम्मेलनको भोलीपल्ट अर्थात फागुन १४ (शुक्रवार) उनको शव फेला परेको हो ।
पत्रकार सम्मेलनमा यादवका परिवारले बेपत्ता पुनदेवकोे खोजी गरिदिन प्रहरीलाई हारगुहार गरेका थिए । पुनदेवका श्रीमति लालपडी यादवसहित नाबालक एक छोरा र छोरी छन् ।
पुनदेवका दाजु श्रीराम यादव (बहालवाला प्रहरी जवान) भाई सम्पर्क बिहिन भएपछि खोजी शुरु गरिएको बताउछन । ‘प्रहरीमा समेत आग्रह गरियो, तर चासो देखाएनन् ।’ उनले पनि प्रेम सम्बन्धकै कारणले भाइको हत्या भएको     बताए । बरामद शवलाई उनका परिवारले पोशाक र जुत्ताको आधारमा पहिचान गरेका छन् । पर्सास्थित समाजवादी फोरम नेपालका अध्यक्ष प्रदीप यादवको सवारी चालक समेत रहेका मृतक पुनदेव केही अघि मात्र गाडी चलाउने पेशा छोडेर घरमै हार्डवेयरको पसल थापेर बस्दै आएको आफन्त कृष्णानन्द निरालाले बताए ।
उनका अनुसार दुई बर्ष अघि बाराको प्रशुरामपुरस्थित युवतीको मामाको छोरीको बिवाहामा  जन्ति गएको बखत पुनदेव र १८ बर्षीया अविवाहितता ती युवति बीच चिनजान भएपछि प्रेमको चक्कर शुरु भएको बताईन्छ ।
केही समय अघि भागेर दुबै काठमाडौंमा समेत पुगेका थिए । कमलपोखरीस्थित प्रहरीको रोहबरमा युवतीलाई पुनदेवसित छुटाएर गत असोजमा युवतीका अभिभावकले घर ल्याएपछि युवतिको सहमतिमा बोलाइएर हत्या गरिएको हुनसकने किष्णानन्दले बताए ।
दुबैको प्रेम सम्बन्ध शुरु भएको छ महिनापछि अभिभावकले युवतीको अन्तै विवाह गरेका थिए । तर बिवाहा पछि पनि दुबैले प्रेम सम्बन्ध जारि नै राखेका थिए ।

Post a Comment

 
Top