0
निजगढसमाचार, सिमरा, २७ फाल्गनु
सिमरामा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशीको रुस्लान सातौं सिमरा गोल्डकप फूटवल प्रतियोगितामा बिहिवार दोस्रो सेमिफाईनल खेल हुदैछ । 
सिमरामा रंगशालामा दिउसो ३ बजे अन्तिम दुईको टुंगो लगाउन हुने खेलमा वीरगन्ज युनाईटेड क्लब र रुपन्देही ११ ले दोस्रो भिड्दैछन् । वीरगन्ज र रुपन्देहीको बिजेताले उपाधीका लागि शनिवार हेटौडासंग प्रतिस्पर्धा गर्नेछ । 
साविक बिजेता त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा हराउदै हेटौडाको बिजय युथ क्लब फाईनलमा प्रवेश गरिसकेको छ । पोखराको सहारा क्लबलाई टाईब्रेकरमा ५–४ ले पराजित गर्दै वीरगन्ज सेमिफाईनलमा प्रवेश गरेको हो । 
बिभागिय टिम एपिएफलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा बिजयी सुरुवात गरेको रुपन्देहीले क्वार्टरफाईनल खेलमा दुई पटकको बिजेता लक्ष्मी हुण्डाई मनाङ मस्याङदी क्लबलाई १–० ले पन्छाएको थियो । फाल्गुन २९ फाईनल भिडन्त हुने प्रतियोगिताको बिजेताले पाच लाख ५१ हजार नगद पुरस्कार राशी प्राप्त गर्नेछ । प्रतियोगितामा ए डिभिजनका पाच सहित १० टिमले सहभागिता जनाएका थिए । 




Post a Comment

 
Top