0

  • थानेश्वर सापकोटा,  अध्यक्ष, न्यू जन जागृती युवा क्लब

निजगढमा–५ पुर्वटोलमा एक साता अघि सम्पन्न फुटवल प्रतियोगिताका संयोजक हुन थानेश्वर सापकोटा । स्थानीय आयोजक न्यू जन जागृती युवा क्लबका अध्यक्ष समेत रहेका सापकोटा प्रतिकुल अवस्थामा समेत प्रतियोगिता सफल रुपमा सम्पन्न भए पछि उत्साहित छन् । पहिलो पटक फुटवल प्रतियोगिताको संयोजकको भुमिका निभाएका सापकोटाले प्रतियोगिताकोेबाट हासिल गरेको अनुभव बारे निजगढसमाचारका कार्यकारी सम्पादक महेश अधिकारीसंग गरेको संक्षिप्त कुराकानी :

  • समग्रमा प्रतियोगिता कस्तो रह्यो ? 

–प्रतियोगिता निजगढको हकमा एतिहासिक दिनको सम्झनामा, एतिहासिक पुरुषको सम्झनामा गरिएको थियो । यसमा सम्पूर्ण समाजसेवी, बुद्धिजिवी, पत्रकार मित्रहरु, स्वयमसेवक मित्रहरुको एक्यवद्धता, सहयोग र समर्थन पायौं । छिटफुट सामान्य समस्या रहनु स्वभाविक हो । हामीले सोचे जस्तै सहयोग पायौं र सफल भयौं भन्ने हाम्रो निश्कर्ष रहेको छ ।

  • प्रतियोगिताको दौरानमा यस्तो कुनै नमिठो अनुभव छ ? 

–प्रतियोगिताको दौरानमा खेल सुरु भएको चौथो दिनमा झगडा भयो । दुई जना भाईहरु आपसमा झगडा गरेर खेल समापन पछि टाउकै फुट्यो । टाका समेत लगाउनु पर्ने स्थिति आएछ । त्यो बाहेक शान्तिपूर्ण रह्यो । प्त सबैसाथीहरुले सहयोग गर्नुभयो । तपाईले पनि सहयोग गर्नुभयो । हामीले कसैलाई बायस्स गरेको जस्तो पर्न गएन् । हामी अत्यन्त खुसी छौं ।

  • एउटा प्रतियोगिता सकिसके पछि पाठ सिक्ने कुरा हुन्छ, तपाईले नयाँ खालको के पाठ सिक्नु भयो ? 

–हामीले प्रतियोगिता गर्न फुटवल मैदानलाई पहिलो प्रथामिकता दिनुपर्ने रहेछ भन्ने पाठ सिक्यौं । प्रतियोगिता हाम्रो लागि एउटा सिकाई पनि हो । यो टेष्ट हो । प्रतियोगिता मोफसलको पनि अति मोफसल र गाँउको पनि  भित्रि गाँउमा प्रतियोगिता ग¥यौं । निजगढ नगरपालिकाको उत्तरभेग, चुरेको फेदीमा प्राकृतिक सुन्दर्ताले भरिपूर्ण खोजीका रुपमा हामीले लिएका थियौं । दर्शकको समर्थन र सहयोगले गर्दा हामीलाई के लागेको छ भने ठुला–ठुला ए डिभिजनका खेलहरु पनि हामी खेलाउन सक्छौं भन्ने आँट आएको छ । यहाँका सहयोग दाताहरुको उत्साह, हाम्रो प्रचारशैली हेर्दा पनि ठुला–ठुला काम गर्न सक्छौं भन्ने लागेको छ ।
त्यसरी हेर्दा हाम्रो अनुभव भनेको आगामी दिनमा अलि ब्यवस्थित गर्न सक्छौं । तयारी समितिले अलि ब्यवस्थित गर्न दुई÷तीन महिनाको तयारी चाहिने रहेछ भन्ने देखियो । त्यस्तै फुटवल खेलाडीको टिम पनि सिंगो नगरपालिकालाई समेटेर बनाउनु पर्छ । प्रतियोगिता खेल्न हेटौंडा, वीरगंजहरु आईपुग्छ, उनीहरुलाई जित्न हम्मेहम्मे पर्छ । हाम्रो टिम बने जहिले पनि हार्ने, तयारी पुरा नहुने, सोझैं प्रतियोगिता खेल्न खेलाडी आईपुग्ने अवस्था पनि देखियो । त्यसलाई सुधारेर सिंगो टिम बनाउन पहल हुन्छ । आगमी संस्करण गर्दा ब्यवस्थित अझ बनाउन सबैको सल्लाह सुझाव ग्रहण गरेर नै अघि बढ्छौं ।

  • निजगढमा खेलकुदलाई ब्यवस्थित गर्न के गर्न आवश्यक छ ?

 –निजगढमा नगर स्तरिय खेलकुद विकास समिति बन्न आवश्यक छ । त्यस मार्फत खेलकुद प्रतियोगिताहरुको ब्यवस्थित रुपमा संचालन गर्न सकिन्छ जस्तो लाग्छ । हुन त हाम्रो पनि कमजोरी हो कि यस बारेमा हामीले पनि चासो दिन सकेनौं । खेलकुलका अनेकौं समस्याहरु छन् । फुटवल मात्र होईन सबै खेललाई समेटेर अगाडी बढन् र खेलकुदको बजेट पनि त्यसमार्फत सदुपयोग गर्दै  खेलकुदको नेतृत्व गर्ने संस्था आवश्यक छ । अब यसको लागि हामी छलफल, बहस प्रारम्भ गछौं ।

Post a Comment

 
Top