0
नेपाल एक कृषि प्रधान देशको रुपमा पहिचान बनाए पनि कृषिमा आधुनिकीकरण नहुँदा यथेष्ठ मात्रामा कृषिजन्य उत्पादनले देशको कुल जनसंख्यालाई धान्न सकेको छैन । नेपालमा कृषिजन्य उत्पादन आधुनिकरण र बजारीकारणका लागि सरकारी तथा गैर सरकारी तथा व्यक्तिगत प्रयासहरु नभएका पनि होइनन् । तर सिचाईको पूर्णरुपमा ब्यवस्था हुन नसक्दा नेपाल कृषिमा आत्मनिर्भर बन्न नसकेको हो । अझै पनि कयौ कृषिजन्य उत्पादनमा हामी आयतमुखी छौं । किसानले लगाएका बाली सिचाई नहुँदा आकाशे पानीको भर पर्दा पर्दै सुकेर जान्छ । धेरै क्षेत्रमा यस्तै खाले समस्या छ ।
कुल बजेटको केही प्रतिशत मात्र लगानी कृषि क्षेत्रमा गरेर हामी कृषिबाट देशलाई आत्मनिर्भर बन्ने र आयात प्रतिस्थापन गर्ने सपना बुन्छौ । तर त्यो संभव छैन । कृषिको आधुनिकरणको कुरा गर्दा उन्नत जातको विऊ विजन र आधुनिक प्रविधिको उपकरण भित्रिरहेका छन् तर सिचाईको उचित ब्यवस्था हुन सकेको छैन् । सरकारले सिचाई हेर्न भन्दै ब्यवस्था गरेको मन्त्रालय र त्यसमातहतका कार्यालयहरु पनि प्रशस्त छन् । तर त्यो मन्त्रालयको मन्त्री र कर्मचारीको अग्रसरता नभएसम्म किसानले सिचाईको सुविधा पाउन मुस्कील छ । अहिलेसम्म कति मन्त्री फेरिए होलान तर किसानले मन्त्री भेट्न र आफ्ना कुरा राख्न समेत पाएका थिएनन् । तर यो साता भने किसानले फरक अनुभुति गरेका     छन् । सप्तरीबाट विजयी सांसद उमेश यादव सिचाइ मन्त्री भए यता भने सिचाई गतिविधि बढेको छ । किसानले प्रत्यक्ष रुपमा मन्त्रीसंग भेटेर कुरा राख्न पाएका छन् । गत साता मन्त्री यादबले मध्यतराईको दौडाहा गरे । बारा, पर्साको विभिन्न सिचाई गतिविधिमा सहभागि भए । यहाँका नदीनाला, पोखरी र कुलोहरुमा आफै पुगेर निरीक्षण गरे । बारामा पहिलो पटक भोडहा गाविसलाइ पुर्ण सिँञ्चित क्षेत्र घोषणा गरे, उमजनमा सिचाई आयोजनाको सिलन्यास गरे ।
मन्त्री यादवले २ नम्बर प्रदेशका ८ जिल्लालाई पूर्ण सिंचाईको सुविधा सम्पन्न जिल्ला बनाउने तर्फ सरकारको ध्यान केन्द्रित भएको भन्दै त्यसका लागि आवश्यक बजेटको लागि अर्थमन्त्रालयमा प्रस्ताव पेश गरिसकेको जनाएका छन् ।
भौगोलिक विविधताको धनि यस क्षेत्रका तिनै भाग तराई, मध्य पहाड र उच्च पहाडको आ–आफ्नै विशेषताहरु रहेका छन् । तराईमा खाद्यान्न, माछा, र तरकारीको भण्डार हो । यी सबै भण्डार संचालन गर्न पानी नै मुख्य स्रोत हो । पानीको उचित ब्यवस्था नहुँदा पोखरीहरु सुकेका छन् । ठाँउ अनुसार सिचाईका विशेषताहरु छन् । कुनै ठाँउमा नदीमा पानी छ त्यसलाई ब्यवस्थित रुपमा वितरण गर्ने कुरा हुन्छ भने कतै डिबोरिङंग, स्यालो ट्वीब, पोखरी जस्ता विकल्पबाट सिचाईको ब्यवस्था गर्न सकिन्छ भने दिर्घकालिन तथा ठुला सिचाई आयोजनाहरुलाई समेत विस्तार गर्ने योजना अगाडी बढाउनु आवश्यक छ । बागमति सिचाई आयोजना र राप्तीको पानीलाई बारा, पर्सा भित्राउने योजना अगाडी बढाउने हो भने प्रयाप्त सिचाई पु¥याउन सकिन्थ्यो कि ?

Post a Comment

 
Top