0

निजगढसमाचार, निजगढ, २९ फागुन
नेपालका चर्चित गायक सुगम पोखरेलले निजगढवासीलाई सर्वाधिक लोकप्रिय ‘प्रेम गित’ सुनाएका छन् ।  बाराको निजगढ–८ गौरी शंकर उमाविको प्रांगढमा आज आयोजित प्रि–होली कन्र्सट २०७२ का दर्शकलाई सुगमले प्रेम गित फिल्मको शिर्ष गित सुनाएका हुन् ।
दशैं तिहार बोलको गितबाट सुरु गरेका सुगमले मेरो एउटा साथी छ., लर्खर लर्खर डुली हिड्ने लगायत चर्चित गित गाएका थिए ।
युथ अफ निजगढले आयोजना गरेको प्रि–होली कन्सर्टमा गायिका ज्योती मगर, कमल क्षत्री, सहित स्थानीय सांगेतिक समुहले समेत प्रस्तुती दिएको कार्यक्रमको उद्घाटन निजगढ नगर विकास समितिका अध्यक्ष सुरेश खनालले गरेका हुन् ।
एक सय रुपँैया टिकट काटेर सयौं दर्शक कार्यक्रम हेर्न पुगेका थिए ।  विक्रि भएको टिकट मध्येबाट लक्की ड्र मार्फत तीन जना भाग्यशाली दर्शकले तीन वटा एन्ड्रोड फोन पाउने भनिए पनि समय अभावले सोमबार मात्रै सार्वजनिक गर्ने भएको आयोजकले जनाएको छ ।

Post a Comment

 
Top