0
निजगढसमाचार, काठमाडौं , २४ फाल्गुन  
देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
सोमबार भएको दोस्रो चरणको निर्वाचनमा रामचन्द्र पौडेललाई ५ सय २६ मतान्तरले पराजित गर्दै देउवा कांग्रेसको सभापति बनेका हुन् । देउवाले १ हजार ८२२ मत पाएका छन् भने कार्यबाहक सभापति समेत रहेका पौडेलले १ हजार २९६ मत ल्याएका छन् ।
देउवाको जितसँगै नेपाली कांग्रेसले १९ वर्षपछि कोइराला परिवार बाहिरबाट सभापति पाएको छ ।

Post a Comment

 
Top