0

निजगढसमाचार,सिमरा, २९ फाल्गुन 
बिमल रानाको ह्याट्रिकको मद्यतले रुपन्देही ११ लाई पराजित गर्दै हेटौडाको विजय युथ क्लबले सिमरामा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशीको रुस्लान सातौ सिमरा गोल्डकपको उपाधी जितेको छ ।
सिमरा रंगशालामा शनिवार भएको फाईलन भिडन्तमा रुपन्देहीलाई ४–० ले पराजित गर्दै हेटौडाले पहिलो सहभागितामै उपाधी उचालेको हो ।
उपाधीसंगै हेटौडाले पाच लाख ५१ हजार नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता रुपन्देहीले भने दुई लाख ५० हजारमै चित्त बुझाएको छ ।
रोमाञ्चक फाईलन भिडन्तको २१ औं मिनेटमा बिमल रानाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सुनिल बलले प्रहार गरेको कर्नर बललाई सदुपयोग गर्दै रानाले हेड गर्दै गोल गरेका हुन् ।
खेलको सुरुवातलाई हेटौडालाई दवावमा राख्दै थुप्रै अवसर बनाएको रुपन्देही गोल गर्न चुकिरहेका बेला हेटौडाले अग्रता लिएको हो । रुपन्देहीका गणेश खड्काले सुरुवातमै गोल गर्ने अवसर चुकाएका थिए ।
दोस्रो हाफमा लय समातेको हेटौडाले खेलको दोस्रो हाफमा तीन गोल थप्दै फराकिलो जित आत्मसाथ ग¥यो । लगातार दवाव सिर्जना गरेको हेटौडाले खेलको ५८ औं मिनेटमा अग्रता दोब्बर पारेको थियो । सुनिल बिकको पासलाई सदुपयोग गर्दै बलले अग्रता दोब्बर पारेका हुन् । त्यसको एक मिनेट बित्न नपाउदै बिमलले ब्यक्तिगत दोस्रो टिम तथा टिमका लागि तेस्रो गोल गरे । बिमलको तेस्रो गोलसंगै हेटौडाले खेल नियन्त्रणमा लिन सफल भएको थियो ।
फिनिसिङमा कमजोर देखिएको रुपन्देहीको रक्षापंक्ती सम्हालिन नसक्दा हेटौडाले चौथो गोल ७९ औं मिनेटमा गरेको हो । बिमल रानाले ब्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । बिमलको प्रतियोगितामा यो चौथो गोल हो । चार गोल गरेका बिमलले सर्वाधिक गोलकर्ताको उपाधीसहित १५ हजार नगद पाए ।
बिमलनै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले सुजुकी मोटरसाईकल प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक हेटौडाका अशोक बराल र  र प्रशिक्षक सुविन घिमिरे घोषित हुदा अन्य बिधाको पुरस्कार रुपन्देहीका खेलाडीले हात पारे । उत्कृष्ट मिडफिल्ड रुपन्देहीका शिव श्रेष्ठ, उत्कृष्ट डिफेन्स देवेन्द्र तामाङ, उत्कृष्ट फरवार्ड योगेश गुरुङ घोषित हुदै जनही १५ हजार प्राप्त गरेका छन् । प्रतियोगिताको म्यान अफ दि म्याच हेटौडाका सुसन लामा घोषित भए । उनले तीन हजार नगद प्राप्त गरे ।
प्रतियोगिताको उपाधी बिजेता र उपबिजेतालाई एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, आयोजक नव जागृति युवा क्लबका अध्यक्ष कामिस मियालगायतले पुरस्कार तथा ट्रफि वितरण गरेका थिए । फाल्गुन २० गते सुरु भएको प्रतियोगितामा ए डिभिजनका पाच सहित १० टिमको सहभागिता रहेको थियो ।

Post a Comment

 
Top