0
निजगढसमाचार, निजगढ
चालक भन्ने वित्तिकै धेरैको ज्यान हत्केलामा लिएर यात्रुलाई गन्तब्यमा पु¥याउने जिम्मेवार ब्यक्ति हुनु पर्ने हो । तर बारामा भएको एउटा दुर्घटनामा पेशालाई कालो धब्बा लाग्ने गरि चालकले निर्दयी ब्यवहार देखिएको छ ।
पढ्दै अचम्म लाग्न सक्छ, आफुले चलाएको गाडीबाट घाईते भएका सडक यात्रुलाई उपचार गर्न लैजादै गर्दा मृत्यु भए पछि जंगलमा लगेर फालेर यी चालक फरार भए ।
मानविय ब्यवहार समेत भुलेका यी चालक हुन्–रामेछाप, गागल भतौली–२ घर भई हाल रौतहट जिल्ला पौराही–१ बस्ने २३ वर्षिय सन्जय लामा ।
यी चालकले चलाएको बा.१२ च.१६८३ नं.को पिकअप गाडीले गढिमाई नगरपालिका–३ स्थित सडकमा पैदल यात्रु गढिमाई नगरपालिका वडा नं.८ बस्ने रामधनी ठाकुरको छोरा वर्ष २२ को बिन्दा ठाकुरलाई ठक्कर दिएको थियो ।
उनको शव गत मंगलबार साँझ ४ बजे बारा हरैया–१ स्थित जंगलमा फेला प¥यो । शव फेला परेको घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धान थालेको प्रहरीले फागुन १६ गते लामाले पथलैयाबाट विरगंज जाने क्रममा ठक्कर दिएको ब्यक्ति भएको पत्ता लगयो ।
ठक्कर दिई सख्त घाईते बनाई लामाले आफ्नै गाडी राखी उपचारको लागि विरगंज तर्फ ल्याउने क्रममा घाईते ठाकुरको बाटोमा नै मृत्यु भएको  अनुसन्धानबाट खुलेको छ ।
मृतकको शव गाडीमा नै राखेर हरैया–१ स्थित जंगलमा फाली फरार भएको पत्ता लगायो ।
शव फालेर फरार रहेका लामाको खोजतलास थालेको प्रहरीले शुक्रबार पोखराको अमरसिंह चोकबाट ठक्कर दिने गाडी बरामद् ग¥यो । लामा आईतबार काठमाण्डौको न्युरोडबाट पक्राउ गरेका छन् ।
प्रहरीले लामा र ठक्कर दिने गाडीलाई आईतबार नै जिल्ला प्रहरी कार्यालयमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनलाई बारा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।



Post a Comment

 
Top