0

  • सन्तोष दंगाल

प्रधानमन्त्री ज्यु ।
पहिला यो प्रष्ट पार्न चाहान्छु म तपाईले नेतृत्व गरेको पार्टीमा आस्था राख्दिन् । तपाईले हालैको मन्त्रीपरिसद्को बैठकमा प्रष्ट रुपमै तारा एयर लाई कसले काबार्ही गर्छ भन्दै ठूलो स्वरमा कुर्लनु भयो भन्ने खबरले निकै मार्माहित भएको छु ।
नेपालमा ९९ बर्षको इतिहासमा हेर्नी हो भने झन्डै ८ सय ५४ जना यात्री र चालक दलका सदस्यले आफ्नो ज्यान हवाई दुर्घटनामा गुमाईसकेका छन् ।
यी सबै घट्नाको फाईल खोल्नि हो भने अधिकांश घट्नामा मृत्यु भएका चालक र नेपालको भौगोलिक धरातललाई दोष दिदै सम्पुर्ण घटनालाई बन्द गरिएको छ ।
यस्को पछाडि हेर्ने हो भने सम्पुर्ण हवाई कार्यालयका मुख्य तहमा बस्ने पदाधिकारी स्वयम् हवाई मन्त्रालय र नेपालका विमान कम्पनीले बिमानको मिलिभगत इन्स्योरेन्स पचाउन यो सब गरिदैछ ? मर्निलाई दोष दिँदा सबै बाच्नीहरु रातारात करोडपति भएका छन् ।
ती निर्दोष चालक दलका अगाडि असक्षमको बिल्ला भिराउनी काम भएको छ । दुनियाँको सबैभन्दा खतरनाक हवाई मैदान भएको हाम्रो देश नेपालमा यदि चालकद्ल असक्षम भए कसरी उडान गर्न सफल भएका छन ती चालक ? जो २० औं हजार घन्टा कुशल उडान र अवतरण गर्न सफल भएका छन् । किन केही घन्टा र केही उडान अवतरण गर्नी क्रममा उनिहरु तपाईंहरुले दिने असक्षमको बिल्ला भिर्न तयार भएनन् प्रधानमन्त्री ज्यु ?
हामिलाई थाहाँ छ, हामि नेपाली जनताको भाग्यमा अत्याधुनिक विमानमा यात्रा गर्नी लेखिएको छैन । जुन देशका जनता बिहान बेलुकाको खाना खान पनि तपाईंहरुले काहा गएर अनुदानको रुपमा देशको महत्वपूर्ण खोला र जमिन सम्झौता गरि आफू किर्ना झैं ढाडियर रहल पहल हात पर्छ की भन्नी आशामा जनता हुन्छन् ।
तर हवाईयात्रीले विमान कम्पनिलाई सकि नसकी पैसा जोहगरी यात्रा गरेको हुन्छन् । मलाई राम्रो सङ थाहाँ छैन तपाईं त्यो समय तपाईको पार्टीको कुन तहमा हुनुहुन्थ्यो जुन बेला तपाईंको पार्टीले नागरिक उड्डयान मन्त्रालयको नेतृत्व गरेको थियो र तपाईको पार्टीको नेता याङ्किला शेर्पा उक्त मन्त्रालयको मन्त्री हुनु हुन्थ्यो । सुन्नमा आएको थियो एमालेले आफ्नो भागमा उक्त मन्त्रालय पर्नासाथ मन्त्रीको पठाउन भन्दै आजको तारा एयर जो हिजो यति एयर जो आजपनी छ । उक्त कार्यालयका प्रबन्ध निर्देशनलाई सोधी उहाँको निर्देशनमा मन्त्री शेर्पा नियुक्त हुनु भयो । सपथ खानासाथ उहाँले पहिलो काम जो हवाई बिभागमा एति एयरका मालिकले अनुरोध स्वरुप दर्ता गरेको मागपत्र जो यस प्रकार को थियो ।
नेपालमा हवाई कम्पनीहरुले जाहाज ल्याउदा निर्माण भएको १५ बर्ष भन्दा पुराना जाहाज नेपाल ल्याउन नपाउनी ब्यवस्थालाई बढाई २० बर्ष गरियोस भन्नी माग बिचाराधिन अवस्थामा भएको निबेदन माथी शेर्पाले मन्त्रालय सम्मालेको दिन सदर गर्दै विमान कम्पनिका मालिकलाई मोटाउनी र यात्री लाई जिउदै मार्नी काम भयो । यतिमात्र भएन सोहि दिन उक्त बिमान कम्पनीले नियुक्त मन्त्रीलाई स्वागत स्वरुप आफ्नो कार्यालयको सुबिधा सम्मपन्न भवनमा रात्री भोज दिएको थियो । उप्त भोजमा नागरिक उड््यान कार्यालयका उच्च पदस्थ कर्मचारीको पनि सहभागिता थियो मेरो बुझाईमा त्यो दिननै नेपाली आकाश थप असुरक्षित हुन पुग्यो । प्रधानमन्त्री ज्यु म दोष तपाईं र तपाईंको पार्टीलाई मात्र लगाउ दिन यस्ता काम विभिन्न पार्टी र नेता मन्त्री हुदाँ पैसाको चलखेलमा हुने गर्छ । मलाई राम्रो संग थाहाँ छ उडान भर्न पुर्व मर्मत गर्न पर्नि विमान सिमित पैसाको खातिर बिना मर्मत यात्री सहित उड्न लायक गरिन्छ  । नेपालमा मन्त्रालय र नागरिक उडड्यान कार्यालयले आफ्नो नैतिकतालाई पैसामा सम्झौता नगर्नी हो भने आज आन्तरिक उडानमा भएका ९ सय ५ विमानमा नेपाली आकाशलाई चाहिने उपकरण र मर्मत पुर्व उड्न लायक छैनन् । यो कुरा विमान चालकलाई पनि राम्रोसंग थाहाँ छ तर विमान चालकको संख्या धेरै तर रोजगारिको आवसर न्यून हुदाँ सानातिना समस्यालाई आत्मसाथ गर्दै उडान भर्न बाध्य छ्न  ।
सधै विमान चालकलाई दोषी देखाउँदै नेपाली आकाश दुनियाको सामु असुरक्षित नबनाउ र सोझा–साझा नेपाली जनतालाई अकालमा नमारौ । आजैबाट यो बिषयलाई गम्भिर्ताको साथ लिनि हो भने म नेपालको हवाई दुर्घटना लाई ९७ प्रतिशतले कमि गर्न सक्ने बिश्वास नेपाली जनता र नेपाल सरकारलाई दिलाउन चाहान्छु ।
मेरो आन्तरिक विमान कम्पनिमा ७ वर्षको अनुभव छ । विमान चालकहरु बिच बारम्बार आन्तरिक छलफल र नेपाल नागरिक उड्यानको प्रवृत्ति र निजिविमान सञ्चालकहरुको गैरजिम्बेवारपनको भोगेका प्रसस्त अनुभव बटुलेको छु ।
-दंगाल हाल कतार एयरवेजमा कार्यरत छन् ।

Post a Comment

 
Top